थुलुङ दुधकोशी गाउँपालिकाको १२ बाढि प्रभावितलाई सहयोग

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले बाढि पहिरोबाट प्रभावित भएका १२ घरपरिवारलाई आर्थिक सहयोग गरेको छ ।

नेले, मुक्ली, जुबु र पञ्चनका बाढि पहिरो प्रभावित १० घरपरिवारलाई आर्थिक सहयोग गरिएको हो । भौगोलिक अवस्था र प्रतिकुल मौसमका कारण थप मानविय क्षति नहोस भनेर बाढि पहिरो प्रभावित १० घरपरिवारलाई आर्थिक सहयोग गरिएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

बाढि पहिरो प्रभावितहरुलाई प्रति घरपरिवार १० हजार रुपीयाँको दरले आर्थिक सहयोग गरिएको छ । आर्थिक सहयोग पाउनेमा वडा नं. १ नेलेका रणबहादुर कामी, वडा नं. ३ का राकेश राई रहेका छन् ।

त्यसैगरी वडा नं. ६ मुक्लिका गणेषबहादुर दमाई, टिकाराम दमाई, कैलाश दमाई र यमुना काफ्ले रहेका छन् । त्यस्तै वडा नं. ४ जुबुका फुरकमार राई, एकबहादुर राई, रबिन राई, रणधीर राई, सुमन राई र रुद्रबहादुर नेपालीले प्रति घरपरिवार १० हजारका दरले आर्थिक सहयोग लिएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार