स्व. अमरबहादुर कार्कीले संकलन गरेको सुतार कार्कीको वंशावली पुस्तक सार्वजनिक

धरान । भोजपुरको तत्कालिन वासिङ थर्पू गाउँपञ्चायतका पूर्व प्रधानपञ्च स्व. अमरबहादुर कार्कीको वार्षिक पुन्य तिथिको अवसरमा उहाँले संकलन गरेको सुतार कार्की वंश वृक्ष पुस्तक उहाँका परिवारले प्रकाशन गर्नु भएको छ ।

२०७८ साल असोज ३ गते निधन हुनु भएका स्व. अमरबहादुरको सम्झनामा उहाँको परिवारले स्थापना गरेको अमर फाण्डेशन नेपालले सुतार कार्र्की वन्धुको वंशावली तथा स्व. अमरबहादुर कार्कीको स्मृति पुस्तक प्रकाशन गरिएको होा । उक्त पुस्तक गत शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ ।
उक्त पुस्तक सुतार कार्की अभिभावक वयावृद्धा लक्ष्मीमाया कार्की, पञ्चकन्या मावि आमचोक–१ का पूर्व प्रधानाध्यापक पुन्यप्रसाद पराजुली, सुतार कार्की सेवा समिति उदयपुरका अध्यक्ष काशी कार्की, सप्तरीका अध्यक्ष गोविन्द कार्की, आमचोक गापका पूर्व उपप्रधानपञ्च पशुपति कार्की, उहाँका धर्मपन्तीहरु बसन्तदेवि कार्की, रामकुमारी कार्कीलगायत उहाँका परिवारले सयुक्त रुपमा सार्वजनिक गर्नु भएको थियो ।

२७० पृष्ठको पुस्तकमा स्व. अमरबहादुर कार्कीले ७ बर्ष लगाएर प्रदेश १ तथा आसपासका जिल्लामा बसोवास गर्ने सुतार कार्कीको पुस्तावली समावेश गरिएको छ । पुस्तकका स्व. अमरबहादुरको जीवनी, उहाँका विषयमा विशिष्ठ व्यक्तिहरुले लेखेका लेखहरु समावेश गरिएको पुस्तकका सम्पादक देवेन्द्र कार्कीले बताउनु भयो । पुस्तकमा सुतार कार्र्की कुलपूजा विधि, गोठधुप पूजा विधि, सुतार कार्कीको इतिहास, वंश परमपरा र जातिका विषयबस्तुहरु समेटिएका छन् । बार्षिक तिथिमा पुरान लगाउने र फजुल खर्च नगरेर त्यो खर्च गर्ने पैसाले गरिव असहायहरुलाई सहयोग गर्ने योजना बनाएर स्व. पिताको नाममा संस्था खोली सामाजिक काम गर्ने उहाँे बताउनु भयो । पुस्तकका संरक्षक विश्वराम कार्र्कीले स्व. पिताको नाममा ट्रष्ट स्थापना गरेर उहाँले पढेको विद्यालय र पढाएको विद्यालय तथा असाहाय व्यक्तिहरुलाई सहयोग गर्ने बताउनु भयो । पुस्तक प्रककाशन पहिलो प्रयास र ऐतिहासिक काम भएको बताउँदैं यस वंशावलीलाई थप पस्किृति र पूूर्ण बनाउन सुतार कार्की सेवा समितिसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा स्व. अमरबहादुरका भाई तिर्थराज कार्की, सँगै एउटै विद्यालय अध्ययन गर्नु भएका पुन्यप्रसाद पराजुली, पशुपति कार्कीले स्व. अमरबहादुर कार्कीको देन, भोजपुरको आमचोक क्षेत्रमा उहाँले गरेको योगदान र गतिविधीबारे चर्चा गदैं उहाँको जीवनी स्मरण गराउनु भएको थियो । हालको पञ्चकन्या माध्यमिक विद्यालयका तत्कालिन शिक्षक, गाउँ पञ्चायत प्रमुख जिल्ला सदस्य भई सक्रिय सामाजिक अभियान्ता कार्कीको २०७८ असोज ३ गते मृत्यु भएको थियो । उहाँले लामो समय लगाएर सुतारहरुको वशावली सकलन गर्नु भएको थियो । वंशावलीसँगै उहाँका विषयमा स्मृति लेखहरु पुस्तकमा समेटिएका छन् ।

स्व. अमरबहादुर कार्कीको चिनारी

राणा शासनबाट जनता अघाउँदै आएको अवस्थामा करीब करीब दास युगको अन्त्यतिरको समय थियो । त्यस बेला कट्टपन्थी राणा पद्मशम्सेर मुलुकका प्रधानमन्त्री थिए । यही समयमा पूर्वको विकट जिल्ला भोजपुरको आमचोक वासिङ थर्पू–१ सिमन्तुवामा अमरबहादुर कार्कीको जन्म भएको थियो ।

पिता गुमासिंह (केशरजंग) कार्की र माता स्व. रत्नमाया कार्कीको कोखबाट विस २००४ साल चैत ४ गते उहाँको जन्म भएको थियो । त्यसबेला शिक्षा अत्यन्त दुर्लभ रहेको बेला उहाँले कक्षा पाँचसम्म स्थानीय भवानी प्रावि(हाल पञ्चकन्या मावि) वासिङ थर्पूमा अध्ययन गर्नुभयो । कक्षा ६ देखि ९ सम्म भोजपुरको विद्योदय माविमा कक्षा ९ सम्म अध्ययन गर्नु भयो । त्यहाँ भन्दा उहाँको शिक्षा अगाडि बढ्न सकेन । विभिन्न व्यावहारिक र घरायसी कामले उहाँले अध्ययनलाई अगाडि लैजान सक्नु भएन । उहाँ अत्यन्त धार्मिक व्यक्ति हुनुहुन्थ्यो । पण्डित डिल्लीराम पराजुली, प्राध्यापक कुलप्रसाद पराजुली, डम्बरुबल्भव कोइराला, पण्डित छविलाल पोखरेललगायतको संगतले सँस्कृत शिक्षा पनि हासिल गर्नु भएको थियो । उहाँले औपचारिक सँस्कृत शिक्षा नलिए पनि बनारस, अयोध्यालगायत भारतका धामहरुमा बसेर सँस्कृति शिक्षा आर्जन गर्नु भएको थियो ।

उहाँको स्वभाव

प्राथमिक शिक्षा हासिल गर्दासम्मको छात्र जीवनमा उहाँ एक शान्त, लजालु, एकान्तप्रिय, कम बोल्ने स्वभावको भएको उहाँका कक्षा साथी पुण्यप्रसाद पराजुली बताउनु हुन्छ । औसत रूपमा आप्mनो गाउँ पञ्चायतका साधारण स्थानीय जनजीवनको प्रतिनिधित्व गर्नेको लवज त्यति आकर्षक नहुँदा अरु विद्यार्थीको जस्तै उहाँको पनि रहेको पराजुली बताउनु हुन्छ । विद्यालयमा पछाडिको कुनामा बस्न रुचाउने उहाँ शिक्षकले सोधेका प्रश्नको उत्तर भने सटीक दिनु हुन्थ्यो । अलिकति टेढो बसेर घुँडामा कापी राखी ढिलो लेख्ने बानी भए पनि कसिला कलात्मक अक्षर लेख्ने भएकाले उहाँका राइटिङ अब्बल हुन्थे । पातलो र औसत रूपमा सर्वसाधारण विद्यार्थी भन्दा केही अग्लो र गोरो भौतिक शरीरका धनी, प्रायः निधारमा टपक्क टीको लगाएर सफा पोशाकमा हिंड्ने हुनुहुन्थ्यो ।

उहाँ विकट पहाडी जिल्लाको एउटा गाउँमा बसे पनि तराई निरन्तर झर्नु हुन्थ्यो । शहरमा आउने नयाँ सामान र खानेकुराको नयाँ स्वाद उहाँ परिवारलाई चखाउनु हुन्थ्यो । घरमा जस्तापाताको छाना लगाउने सम्भवतः उहाँ नै गाउँको पहिलो व्यक्ति हुनुहुन्थ्यो । तराईबाट सिमेन्ट बोकाएर लगी घरमा प्रयोग गर्नु भएको थियो । त्यस बेला उहाँले आधुनिक किसिमका घर बनाउनु भएको थियो । घरमा कपडामा लगाउने आइरन उहाँले मात्र राख्नु भएको थियो । गाउँभरिका जनतालाई आइरन प्रयोग गर्न दिने गरिएको थियो । कपाल काट्ने कैंची गाउँमा बिरलै पाइन्थ्यो । आधुनिक किसिमको कैंची उहाँले तराईबाट ल्याउनु भएको थियो । त्यो कैंची गाउँभरिकालाई कपाल काट्न प्रयोग गरिन्थ्यो ।

जागिरे जीवन

बाइस वर्षको अल्लारे उमेरमा उहाँले गाउँ पञ्चायतको सचिवको रुपमा सेवा गर्नुभयो । उहाँले झापाको चन्द्रगढीमा तीन महिने तालीम समेत लिनु भएको थियो । उक्त तालीमबाट श्रेस्ता नियम कानुन, जनताका सेवा, कामको तौरतरिकाबारे जानकारी लिएर उहाँले स्थानीयको सेवा गर्नु भएको थियो । विस २०२६ सालदेखि २०२८ सालसम्म सचिव भएर काम गर्नु भयो । उहाँ भोजपुरका ६५ गाप मध्ये दोश्रो नं मा उहाँको कामको चर्चा हुने गरेको थियो । उहाँ विस ।२०३१ साल मङ्सिर २७ गतेबाट केही समय श्री पञ्चकन्या निमाविको सहायक शिक्षक पनि हुनु भएको थियो । २०५४ सालमा जिल्ला शिक्षा कार्यालय भोजपुरबाट पञ्चकन्या निमाविको विद्यालयल व्यवस्थापन समितिको सदस्यमा मनोनित हुनु भएको थियो ।

जनप्रतिनिधिको रुपमा अमरबहादुर

उहाँको सचिव हुँदाको कामले २०२९ सालको निर्वाचनमा गापको प्रधानपञ्चको उम्मेदवार भई प्रतिद्वन्द्वी सिंहराज राईलाई भारी मतले पराजय गरी गाउँ सरकारको भूमिकामा आउनु भयो । पाँच वर्ष प्रधानपञ्च भएर उहाँले सेवा गर्नु भयो । २०२९ मङ्सिर २८ देखि २०३५ माघसम्म वासिङ थर्पू गाउँ पञ्चायतको प्रधानपञ्च हँुदा विकास निर्माणका काम गर्नुभयो । उहाँको पालामा वासिङ थर्पूको पञ्चकन्या प्रावि बनेको थियो । त्यहींदेखि मुनि गाप भवन निर्माण भएको थियो । त्यसपछि उहाँ जिल्ला पञ्चायतको सदस्यमा निर्वाचित हुनुभयो ।

विस २०१८ सालदेखि २०४३ सालसम्मको अढाइ दशकको अवधिमा यस गाउँ पञ्चायतमा ८ जना प्रधानपञ्च र ९ जना उपप्रधानपञ्च भए । स्व बखतसिं थापा, स्व लालबहादुर कार्की, श्री डिल्लीप्रसाद पराजुली र पुनः स्व.लालबहादुर कार्की पछि २०२९।९।१ देखि अमरबहादुर कार्की वासिङथर्पू गाउँ पञ्चायतको पाँचौं प्रधानपञ्च हुनु भएको थियो । यस अवधिका ८ जना सचिवमध्ये स्व. कुलबहादुर विष्टपछि दोस्रो अवधिका लागि सचिव पदको कार्यभार पनि अमरबहादुर कार्कीले नै वहन गरेको इतिहास पाइन्छ । क्रमशः उपप्रधानपञ्च र त्यसपछि प्रधानपञ्च, जिल्ला सभाषद् अनि क्षेत्रीय सदस्यसमेत भएर काम गर्नुभयो । क्षेत्रीय सदस्यको जिम्मेवारी सम्हालेको अवसरमा ती सातवटै पञ्चायतका साथै छिमेकी जिल्ला खोटाङका केही गाउँ पञ्चायतहरू समेतका जटिलभन्दा पनि जटिल परिस्थितिकोे सहजतापूर्वक समाधान निकाल्न सक्षम भएको कारण क्षेत्रीय नेताको रूपमा उहाँ उदीयमान हुनु भएको थियो । जिल्लाका हरेक राजनीतिक, सामाजिक र सरकारी कार्यालयहरू यिनको नाम र क्षमतासित परिचित हुनु भयो ।

धार्मिक व्यक्तित्व

परम्परादेखि नै वैदिक सनातन हिन्दू धार्मिक सामाजिक परम्परा अङ्गीकार गरेको परिवारका एक सदस्य स्व। अमरबहादुर कार्कीमा पनि सो धार्मिक सामाजिक चेत र व्यवहार रहेको थियो । उहाँ बिहान-बेलुका नित्य पूजा-आराधना गर्नुहुन्थ्यो । पूजा आराधनाको मन्त्र उहाँलाई सबै कण्ठ हुन्थ्ये । विशेष स्नान-दान, विभिन्न पुराणको आयोजना, श्राद्ध, रुद्री, अतिरुद्री, विभिन्न देवीदेवताको उपासना, पूजा, कुलपूजा आदि धार्मिक आराधना र साँस्कृतिक एवं सामाजिक कार्यहरू उहाँ गरिरहनु हुन्थ्यो । जिल्लाका विभिन्न निकायबाट आएका विशेष अतिथिको सेवा-सत्कार र साथीभाइ तथा कार्यकर्ता भेला, भेटघाट, चियापान, खानपिन, ब्राह्मणहरूको सेवा-सत्कारसहित भोजन गराउनेजस्ता कार्यले उहाँभित्रको सेवाभाव पनि प्रष्टिन्छ ।

विस २०४६ साउन १९ गतेदेखि सोही महिनाको ३० गतेसम्म आफ्नै निवास सिमन्तुवामा अतिरुद्री महायज्ञ सम्पन्न गर्नु भएको थियो । अतिरुद्री महायज्ञमा रुद्री, चण्डी, शिव मन्त्र, शिव गायत्री ब्रह्मा गायत्री, विष्णु मन्त्र र गायत्री गीता आदिको पाठ गरी सम्पूर्ण सुतार कार्र्कीका पितृ र कुलको उद्वार गर्ने काम भएको थियो । महायज्ञमा सम्पूर्ण सुतार कार्की, वासिङ थर्पूवासी, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर लगायतबाट विभिन्न व्यक्तित्वहरु सहभागी हुनुहुन्थ्यो । महायज्ञमा पण्डित १५ जना र पुरोहित ३२ जना साथै भान्सेहरु ४ जना सहभागी हुनुहुन्थ्यो ।

उहाँको सम्झनामा यज्ञ स्थलमा पञ्चेश्वर शिव मन्दिर

अमरबहादुर कार्र्कीको इच्छाअनुसार होम गरेको भागलाई शिव मन्दिरमा रुपान्तरण गरिएको छ । उहाँको जेठा छोरा शङ्कर कार्कीको सक्रियतामा उहाँ जीवितै हुँदा २०७५ साल भदौ १३ गते हरितालिका तीजका दिन मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा गरिएको थियो । उहाँको निजी जग्गामा मन्दिर स्थापना गरिएको छ । मन्दिरमा बेलाबखत दर्शनार्थीको भीड हुँदै आएको छ । उहाँका धर्मपत्नीहरु वसन्तदेवी कार्की र रामकुमारी कार्कीले मन्दिर उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार