जापान उडेको नेपाल एयरलाइन्सको विमान आधा घण्टामै किन काठमाडौं फर्कियो

  सगरमाथा अनलाईन

काठमाडौं । काठमाडौंबाट जापानको नारिता उडेको विमान आधा घण्टामै काठमाडौंमै फर्किएको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज बुधबार राति ११ बजे नारिताका लागि उडेको थियो । तर, विमान आधा घण्टामै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै अवतरण भयो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो । त्यसपछि जहाज काठमाडौं डाइभर्ट गरेर यात्रुलाई ओरालिएको हो ।

प्राविधिक जाँचपछि यो जहाज आजै नारिता उड्ने तयारी छ । बुधबार काठमाडौंबाट १८४ जना यात्रु नारिता उडेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार