राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो ।

फोटो: लोकचन्द थापा

राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो ।

फोटो/भिडियो : लोकचन्द्र थापा

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार