अध्यक्ष पोखरेलको एक्सनः लेखा उपसचिव पौडेलले दिए राजिनामा

  सगरमाथा अनलाईन
84 Shares

काठमाडौं । स्वतन्त्र निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष पशुपति पोखरेलले लेखा उपसचिव वेगनाथ पौडेल विरुद्ध एक्सन लिएपिछ हतार हतार राजिनामा दिएका छन् ।

उपसचिव पौडेलले कार्यालयको काममा बारम्बार अवरोध गर्ने, अनावश्यक झमेला निकाल्ने लगायतका कार्य बारम्बार दोहोर्याएपछि अध्यक्ष पोखरेलले एक्सन लिने बित्तिकै राजिनामा दिएका हुन् । पौडेल संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा कार्यरत थिए । उनी त्यस कार्यालयमा रहदा काम गर्न नमान्ने, विवाद मात्र निकाल्ने, फाइल रोक्ने, अनावश्य विषय लेख्ने, भुक्तानीमा अवरोध गर्ने लगायतका कार्य गरेपछि अध्यक्ष पोखरेलले कार्यालय प्रमुखकै अगाडि लगेर ध्यानार्षण गराएका थिए । पौडेल कार्यरत यसभन्दा अघिल्ला कार्यलयमा पनि विवादित भएको एक कर्मचारीले बताएका छन् ।

अध्यक्ष पोखरेल र उपसचिव पौडेलबीच भनाभन समेत भएको थियो । पोखरेलले पौडेलको कार्यकक्षमै गएर थर्काएका थिए । पौडेलले अपमान भएको भन्दै कार्यलय प्रमुख मन्त्रालय र महालेखा परीक्षकमा उजुरी दिए पनि केही नभएकाले राजिनामा दिएका हुन ।

कार्यालयमा राम्रो छबि बनाएका हक्की स्वभावका पोखरेलले कार्यालयको जिम्मेवार पदमा रहेका कर्मचारीले कार्यालयको भावना र कानून बमोजिम कार्य नगरी अनावश्यक, नकारात्मक सोच भएकालाई सम्झाउन मात्र खोजेको स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार