एमालेको जिल्ला अधिवेशनकालागि समिति गठन

7 Shares

पाल्पा, १४ भदौ । नेकपा (एमाले) पाल्पाको आठौँ जिल्ला अधिवेशन आगामी कार्तिक महिनाको ४ र ५ गते सम्पन्न गर्नका लागि १३ समिति गठन भएका छन् ।

अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न जिल्ला कमिटी अध्यक्ष देवीप्रसाद बस्यालको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको छ ।

जिल्ला इन्चार्ज सोमप्रसाद पाण्डेय संयोजक रहेको अनुगमन तथा निर्देशन समिति, अध्यक्ष देवीप्रसाद बस्याल संयोजक रहेको प्रतिवेदन लेखन समिति, सचिव ओमबहादुर घर्तीमगर संयोजक रहेको आर्थिक समिति गठन भएको नेकपा (एमाले) पाल्पाले जनाएको छ ।

यस्तै, सहसचिव मुक्तिलाल कालिराज संयोजक रहेको प्रतिनिधि दर्ता समिति, नारायणी शर्मा संयोजक रहेको प्रचार तथा प्रकाशन समिति, देवीलाल लामिछाने संयोजक रहेको खाना तथा आवास व्यवस्थापन समिति, मोहन थापामगर संयोजक रहेको मञ्च व्यवस्थापन समिति, नुरराज बस्याल संयोजक रहेको बहस नोट लेखन समिति गठन भएको छ ।

त्यसैगरी, उर्मिला शर्मा संयोजक रहेको माइनुट लेखन समिति, विमलप्रसाद काफ्ले संयोजक रहेको स्वयम्सेवक परिचालन समिति, डा पुरन बज्राचार्य संयोजक रहेको स्वास्थ्य सेवा समिति र इन्द्राकुमारी गहतराज संयोजक रहेको सांस्कृतिक समिति गठन गरेको सचिव ओमबहादुर घर्तीमगर बताए ।

अधिवेशनमा सहभागी हुने प्रतिनिधिको निर्वाचन पूर्ण लोकतान्त्रिक प्रक्रिया र समावेशी आधारमा पार्टी सदस्यबीच असोज २८ गते आआफ्नो शाखा कमिटीमा हुनेछ ।

नेकपा (एमाले) गाउँ कमिटी र नगरका वडा कमिटीमा रहेका पार्टी सदस्यले खुल्लातर्फ २५ जना सदस्यबाट एक जना प्रतिनिधि, महिलाबाट १५ जनाबाट एक जना र दलिततर्फ इलाकामा भेला भई १० जना बराबर एक जना प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । अधिवेशन सम्पन्न गर्न प्रत्येक पार्टी सदस्यले रु ५० र प्रतिनिधिले रु ५०० आर्थिक सहयोग गर्नुपर्ने समेत निर्णय गरेको घर्तीमगर बताए ।

जिल्ला कमिटीको १५औँ बैठकले अधिवेशनको उद्घाटन केन्द्रीय कमिटी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार