यी हुन् कोरोनाका खास ३ लक्षण, यसबाट कसरी बच्ने ?

Facebook Debugger

काठमाडौं । ब्रिटेनको नेसनल हेल्थ सर्भिसले कोरोना भाइरसको संक्रमणका खास तीन लक्षण औंल्याएको छ । जुन लक्षण देखिनेबित्तिकै सावधानी अपनाएर तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्नेछ ।

ती ३ लक्षण के के हुन् त ?

१. लगातार खोकी : कोरोना संक्रमणको एउटा प्रमुख लक्षण लगातार खोकी लाग्नु हो । एक घण्टा वा यसभन्दा बढी समय खोकी लाग्न सक्छ । २४ घण्टाभित्र यस्तो कम्तीमा तीनपटक हुन सक्छ । लगातार खोकी लागिरह्यो भन्ने कोरोना संक्रमणको शंका गर्नुपर्छ ।

२. ज्वरो : उच्च ज्वरो अर्थात् शरीरको तापक्रम १३६–३७ डिग्री सेल्सियसभन्दा बढी आएमा ।

३. गन्ध तथा स्वाद थाहा नपाउने : गन्ध तथा स्वाद थाहा पाउन छाडियो भने पनि त्यो कोरोना संक्रमणको लक्षण हुन सक्छ ।

विशेषज्ञका अनुसार कसैमा यीमध्ये कुनै लक्षण देखापरेमा उसले घरमा अलग्गै (आइसोलेसन)मा बस्न थाल्नुपर्छ । यसो गर्दा अर्काे व्यक्तिमा संक्रमण सर्न पाउँदैन ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार चिसो लाग्ने, शरीर काँपेको महसुस हुने, मांसपेशी दुख्ने तथा घाँटीमा खसखस लाग्नु पनि कोरोना संक्रमणका संकेत हुन् ।

कोरोना भाइरसको संक्रमण भएको औसतमा ५ दिनसम्ममा लक्षण देखिन्छन् भने कतिपयलाई योभन्दा बढी समय पनि लाग्न सक्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार भाइरस शरीरमा प्रवेश गरेको १४ दिनसम्ममा लक्षण देखापर्न सक्छन् ।

कस्तो अवस्थामा अस्पताल भर्ना आवश्यक पर्छ ?

कोरोना संक्रमण भएका धेरैजसोलाई आराम गर्दा र पारासिटामोलजस्ता ज्वरो तथा दुखाइ कम गर्ने औषधि खाँदा ठीक हुन्छ ।

तर जब सास लिन अप्ठेरो हुन थाल्छ, तब अवस्था जटिल बन्छ । त्यस्तो अवस्थामा भने अस्पताल भर्ना हुनुपर्छ । संक्रमणको अवस्था कस्तो छ, बिरामीलाई अक्सिजन वा भेन्टिलेटर आवश्यक छ छैन भन्ने कुरा विशेषज्ञले सम्बन्धित व्यक्तिको फोक्सो जाँच गरेर निर्धारण गर्छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार