भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय

Facebook Debugger

काठमाडौं । सरकारले भदौ १६ गतेदेखि नियमित अन्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले भदौ १६ गतेदेखि नियमित अन्तरदेशीय हवाइ उडान खुला गर्ने निर्णण गरेको हो ।

हवाइ उडान तालिका नागरिक उड्डयन मन्त्रालयले बनाउने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेयता नियमित अन्तराष्ट्रिय र आन्तरिक उडान रोकिएका छन् । नेपालभर गरिएको लकडाउन असार १ गतेदेखि खुला गरिए पनि हवाइ उडानमा भने प्रतिबन्ध कायम नै छ ।

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन चार्टर्ड उडान हुँदै आएका छन् । लकडाउनका बेला ७ सयभन्दा बढी चार्टर्ड उडान भएका छन् ।

अब भने पीसीआर नतिजा नेगेटिभ देखिएकालाई नियमित उडानमा स्वदेश ल्याउन दिइने निर्णय भएको खतिवडाले जानकारी दिए । पीसीआर परीक्षण गर्न असहज अवस्था भएका देशहरुमा भने तत्काल उडान नहुने जनाइएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार