तीजमा सुनसान पशुपतिनाथ मन्दिर [फोटोफिचर]

Facebook Debugger

लोकचन्द्र थापा । काठमाडौं । आज हरितालिका तीज । हरेक वर्ष देशरभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीडभाड हुने तीज यो वर्ष भने सुनसान देखिएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सरकारले महामारी फैलन नदिन काठमाडौं उपत्यकालगायत विभिन्न जिल्ला तथा स्थानीय तहमा निषेधाज्ञा जारी गरेसँगै चहलपहल कम हुँदा तीज पनि सुनसान जस्तै भएको छ ।

विगतका वर्षहरुमा काठमाडौंस्थित पशुपतिनाथ परिसरमा महिला ब्रतालुहरुको ठुलै भीड देखिन्थ्यो । तर उपत्यकामा पनि निषेध आदेश जारी गरेसँगै अहिले पशुपतिनाथ मन्दिर परिसर सुनसान छ ।

त्यसो त लकडाउनकै समयमा पनि पशुपतिनाथ पुग्ने र मन्दिरबाहिर बाटै दर्शन गर्दै हिड्नेहरु पनि देख्न्थिे । सोमबारको व्रतमा पनि कतिपय महिलाहरुले पशुपतिको मुल गेट बाहिर नै पूजा गरे ।

तर निषेधाज्ञा जारी गरेपछि महिलाहरुले गेट बाहिरसम्म पनि पुग्न नपाउने भएका छन् । यससँगै व्रतालु महिलाहरुले यस वर्ष घरमै बसेर पूजाआराधना गरी तीज मनाउन पशुपति क्षेत्र विकास कोषले अनुरोध गरेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार