कांग्रेस सोलु जिल्ला कार्य समितिमा ३ जना मनोनयन

Facebook Debugger

सोलुखुम्बु । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले थप ३ जना सदस्य मनोनयन गरेको छ ।

नेपाली काङ्ग्रेसको विधान बमोजिम जिल्ला कार्यसमिति सोलुको सदस्यमा प्रेमकुमार गुरुङ, आमन्त्रित सदस्यमा दिपबहादुर राई र कृष्णबहादुर खत्रीलाई मनोनयन गरेको छ ।

जिल्ला सदस्य युवराज घिमिरे, सोताङ–काठमाण्डौ सम्पर्क समितिका सभापति लिलाराम बस्नेत र तरुण दल जिल्ला सचिव शेखर बस्नेत समेतको उपस्थितिमा नेपाली कांग्रेसका महासमिति सदस्य भोजराज कार्कीले मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।

सोलुखुम्बु जिल्ला सभापति विनोदकुमार बस्नेतद्वारा हस्ताक्षरित मनोनयन पत्र सभापति बस्नेतकै आग्रहमा काठमाडौंमा हस्तान्तरण गरिएको नेपाली कांग्रेसका महासमिति सदस्य शम्भुहरि बास्तोलाले बताए ।

‘ढिलो भए पनि जिल्ला कार्य समितिले केही ऊर्जावान साथीहरूलाई मनोनयन गरेको छ’ महासमिति बास्तोलाले भने, ‘यसले समयमै मनोनयन गरेको फल दिन नसके पनि पार्टीलाई फाइदा नै पुर्याउछ । त्यसैले अरु पदमा मनोनयन गर्न बाँकी भएमा ढिलो गर्नु हुँदैन ।’

मनोनित प्रेमकुमार गुरुङ कांग्रेस सोलुखुम्बुका निकै पुराना र जनाधार भएका नेता मानिन्छन् । त्यस्तै युवा नेता दिपबहादुर राई र कृष्णबहादुर खत्रीको मनोनयनले पनि कांग्रेस सोलुखुम्बुमा थप ऊर्जा प्रदान गर्ने जिल्ला कार्य समितिको आँकलन छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार