‘फेरी लकडाउन बढ्यो भने राहत वितरण गर्छौं’ : सभापति बस्नेत

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले फेरी लकडाउन बढ्यो भने राहत वितरण गर्ने बताएका छन् ।

पछिल्लो समय सरकारले काठमाडौं उपत्यका लगायत विभिन्न शहरुहरुमा एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको छ । यदि यो निषेधाज्ञाको समय बढ्यो भने दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई विहान बेलुकीको छाक टार्न समस्या हुने भएकाले उनीहरुलाई पुनः राहत वितरण गर्न लागेको सभापति बस्नेतले बताए ।

‘हामी राजनीतिमात्रै होइन, विषम परिस्थितिमा समस्यामा परेका अति विपन्न परिवार, दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई दैनिक उपभोग्य वस्तु राहत स्वरुप वितरण गर्ने गरेका छौं,’ सभापति बस्नेतले भने, ‘यदि उपत्यकामा निषेधाज्ञाको समय अवधि बढ्यो भने विशेष गरी सोलुखुम्बु स्थायी ठेगाना भई काठमाडौं उपत्यकामा आएर दैनिक ज्यालादारी गर्ने मजदुर र विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर दोस्रो चरणको राहत वितरण गर्ने योजना बनाएका छौं ।’

सभापति बस्नेतको नेतृत्वमा यसअघि पनि १ हजार १ सय अति विपन्न परिवार, दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत स्वरुप चामल, दाल, नुन, खानेतेल लगायतका खाद्य सामग्री वितरण गरिएको थियो । यसको साथै बृहत रक्तदान कार्यक्रम र सोलुखुम्बुको सोताङ गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्ने आवश्यकीय स्वास्थ्य सामग्री समेत वितरण गरिएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार