कोरोनाबाट २ करोड ३३ लाख बढी संक्रमित, ८ लाख ८ हजारको मृत्यु !

Facebook Debugger

काठमाडौं । विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकैदिन २ लाख ५२ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८ सय ६ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर ८ लाख ८ हजार ५ सय ८८ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ५९ लाख ४ हजार २ सय ८८ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार १ सय १२ जनाको मृत्यु भएको छ । ३३ लाख ३४ हजार ७ सय ३० जना संक्रमित भएकोमा १९ लाख ७८ हजार ७ सय ८२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५८ हजार ७ सय १० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६९ लाख २ हजार १ सय २ पुगेको छ । त्यसमध्ये ३८ लाख ६१ हजार ३ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २८ हजार ९ सय ८ जनाको मृत्यु भएको छ । ६२ लाख १५ हजार २ सय ५६ जना संक्रमित भएकोमा ४८ लाख ८५ हजार ६ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८७ हजार ४ सय ७३ जनाको मृत्यु भएको छ । ५७ लाख ५ हजार ६ सय ५८ जना संक्रमित भएकोमा ४२ लाख ४८ हजार १ सय ५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २७ हजार ६ सय ४९ जनाको ज्यान गएको छ भने ११ लाख ८३ हजार १ सय ८२ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख २ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५ सय १२ जनाको मृत्यु भएको छ । २६ हजार ९ सय ८६ जना संक्रमित भएकोमा २० हजार ६ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार