कोरोनाबाट विश्वभर २ करोड ३८ लाखभन्दा बढी संक्रमित

Facebook Debugger

काठमाडौं । विश्वभर २ करोड ३८ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख १२ हजार ४ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म २ करोड ३८ लाख ६ हजार ७ सय ४९ संक्रमण भएको छ ।

संक्रमितमध्ये १ करोड ६३ लाख ५६ हजार ८ सय ४८ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ४ हजार ३ सय २८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख १६ हजार ९ सय ५० पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ५ सय ७३ जनाको मृत्यु भएको छ । ३३ लाख ८५ हजार ७ सय ५१ जना संक्रमित भएकोमा १९ लाख ९४ हजार ९ सय ४९ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६० हजार ४३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६९ लाख ८८ हजार ८ सय ४६ पुगेको छ । त्यसमध्ये ३९ लाख ४३ हजार ९ सय ६० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३१ हजार ६ सय १३ जनाको मृत्यु भएको छ । ६३ लाख ८३ हजार ९ सय १० जना संक्रमित भएकोमा ५० लाख ७३ हजार ३ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९० हजार ७ सय १२ जनाको मृत्यु भएको छ । ५८ लाख १५ हजार १ सय ३ जना संक्रमित भएकोमा ४३ लाख ९० हजार ३० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ५१ जनाको ज्यान गएको छ भने ११ लाख ९९ हजार ९ सय ६१ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख २५ हजार २ सय २० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५ सय ४४ जनाको मृत्यु भएको छ । २७ हजार ४ सय २३ जना संक्रमित भएकोमा २१ हजार ५ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार