ट्रम्पले भने, ‘राष्ट्रपतीय निर्वाचनमा धाँधली हुन लाग्यो’

Facebook Debugger

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा घोषित राष्ट्रपतीय निर्वाचनमा धाँधली हुन लागेको दाबी गरेका छन् ।

रिपब्लिकन दलको राष्ट्रिय भेलामा ट्रम्पले विपक्षी डेमोक्र्याटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका हुन् ।

दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै सम्बोधन गरेका ट्रम्पले हुलाकमार्फत् गरिने मतदान दुरुपयोग हुने दाबी गरेका छन् । तर, विपक्षीहरूले कसरी धाँधली गर्छन् भन्नेमा भने उनी स्वयम अनभिज्ञ देखिएका छन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा काम गर्न नसकेको भन्दै ट्रम्पको पछिल्लो समय चर्को आलोचना हुँदै आएको छ । यसैकारण उनको लोकप्रियता घटेको टिप्पणीहरू भइरहेका छन् । ताजा मत सर्वेक्षणहरूले समेत उनलाई पछाडी पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार