उपत्यकामा जारी निषेधाज्ञाको समीक्षा गर्दै,१५ गतेसम्म जारी राख्ने तयारी

Facebook Debugger

काठमाडौं । उपत्यकामा लगाएको निषेधाज्ञाको आज छैठौं दिन जिल्ला प्रशासन र अन्य निकायहरुले समीक्षा गर्ने भएको छ । आज दिउँसो उपत्यकाको तीन ओटा जिल्ला प्रशासन र अन्य सुरक्षा निकाय, स्थानीय तह तथा उपत्यकाको स्वास्थ्य समितिहरु बसेर निषेधाज्ञाको समीक्षा गर्ने काठमाडौंका प्रजिअ जनकराज दाहालले जानकारी दिए ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर ह्वातै बढेपछि त्यसलाई नियन्त्रण गर्न प्रशासनले ७ दिने निषेधाज्ञा विहीबार जारी गरेको थियो । आज बस्ने समीक्षा निषेधाज्ञाको कार्यान्वयनको पक्ष, प्रभावकारिता र यसको निरन्तरताको बिषयमा छलफल हुने प्रजिअ दाहालले बताए । उनले निषेधाज्ञालार्इ बढाउने कि नबढाउने भन्ने बिषयमा समीक्षापछि निर्णय गर्ने जानकारी दिए ।

तर, हिजो बसेको उपत्यका मेयर फोरमको बैंठकले भने १५ गतेसम्म निषेधाज्ञालार्इ निरन्तरता दिन सुझाव दिएको छ । निषेधाज्ञाको समयमा पनि कोरोना संक्रमणको दर उतिकै रहेको र त्यसलार्इ थप जटिल बन्न नदिनको लागि यो सुझाव दिएको उपत्यका मेयर फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाको प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

उपत्यकामा कारोना भाइरस समुदाय स्तरमा फैलिसकेको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । तर सरकारले यो बिषयमा केही पनि बताएको छैन ।
उनले उपत्यका मेयर फोरमले दिएको सुझाव आजको बैंठकबाट निर्णय हुने बताए ।

सबैसँग छलफल गरेर मेयर फोरमले उक्त निर्णय गरेको उनले बताए । यो निषेधाज्ञा अवधिमा २८ हजार ५ सय जनाको पिसिआर परीक्षण गर्ने र थप आइसोलेसन कक्षहरु निर्माणको तयारी गरेको पनि उनले जानकारी दिए ।

 

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार