कोरोनाबाट थप ८५५ जना संक्रमित, उपत्यकामा २३२ जना

Facebook Debugger

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३ सय १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार १ सय १९ पुगेको छ ।

काठमाडौं उपत्यकामा भने २ सय ३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १ सय ९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार