शेखर र लालबाबुको क्षेत्र मोरङ(६ मा मतगणना सुरु

0 Shares

विराटनगर । प्रतिनिधिसभा सदस्यतर्फ मोरङ क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । विराटनगरको आदर्श माध्यमिक विद्यालयमा केहीबेरअघिबाट मतगणना सुरु भएको हो ।

क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डा। शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डितलाई मुख्य प्रतिस्पर्धी मानिएको छ । २०७४ सालको निर्वाचनमा पण्डितले कोइरालालाई पराजित गरेका थिए ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङका अन्य क्षेत्रको मतगणना पनि सुरु हुँदैछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार