८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

काठमाडौं क्षेत्र.न.५ मा प्रदीपलाई अग्रता, पछिपछि ईश्वर


५ मंसिर २०७९, सोमबार  

0
Shares

काठमाडौं । काठमाडौं(५ को मतगणनामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता कायम गरेको छ ।

कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मतका साथ अग्रता नाएका हुन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेलले १८ मत पाएका छन् ।

१०० मत गन्दा राप्रपाका रामप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणा र नेपाल मजदुर किसान पार्टीका शैलेश डंगोलले ११÷११ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले ७ र श्रीराम गुरुङले ६ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : ४३ बजे