कोरोना भाइरसको महामारी छिर्न नसकेका यी हुन् १२ देश (सूचीसहित)

Facebook Debugger

बीबीसी । कोरोना भाइरसको संक्रमणले संसारका अधिकांश देश प्रभावित भएका छन् । तर १२ देश अहिले फैलिएको महामारीबाट मुक्त छन् । तिनले के गरेर कोरोना भाइरसलाई आफ्नो भूमिमा छिर्न दिएनन् र अहिले तिनको अवस्था कस्तो छ ?

पलाउ होटल सन् १९८२ मा खोलिएको हो । चारैतिर नीलो समुद्रले घेरिएको यो सानो देशमा त्यतिखेर व्यापक रूपमा पर्यटन सुरु भएकै थिएन ।

सन् २०१९ मा पलाउमा ९०,००० पर्यटक आए । उक्त सङ्ख्या त्यहाँको जनसङ्ख्याको पाँचगुणा बढी हो । सन् २०१७ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले त्यहाँको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको ४० प्रतिशत योगदान रहेको जनाएको थियो ।

तर त्यो सबै अब कोभिडभन्दा पहिलेको समय हो । गत मार्च महिनादेखि नै पलाउका सीमा बन्द गरिएका छन् ।

पलाउ विश्वभरिका १० देशमध्ये पर्छ जहाँ अहिलेसम्म एउटा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छैन ।

तर एक जनामा पनि सङ्क्रमण नभईकनै भाइरसले यो देशलाई आघात पारिरहेको छ ।

पलाउ होटल मार्चदेखि बन्द रहेको छ । त्यहाँका रेस्टुराँ रित्ता छन् । कोसेली बेच्ने पसलहरू बन्द छन् । होटलका पाहुना भनेका स्वदेश फर्किएर क्वारन्टीनमा राखिएकाहरू मात्र छन् ।
‘संसारमा अन्यत्रभन्दा यहाँका समुद्र राम्रा छन्,’ पलाउ होटलका सहसंस्थापक ब्रायन ली भन्छन् ।

यही नीलो सागरले ब्रायनलाई व्यस्त राख्थ्यो। कोभिडभन्दा पहिले उनको होटलका ५४ कोठामध्ये ७० देखि ८० प्रतिशत भरिन्थे । तर अहिले खाली छन् ।

आफ्ना २० जना कर्मचारीलाई हाल पालिरहेको उनले बताए । अर्को छ महिना धान्न सक्ने उनको विश्वास छ । त्यसपछि भने होटल बन्द गर्न बाध्य हुनसक्ने उनी बताउँछन् ।
उनी सरकारलाई दोष दिन चाहँदैनन् । कम्तीमा भाइरस छिर्न नदिएकोमा खुसी छन् ।

त्यहाँका राष्ट्रपतिले हालै सेप्टेम्बर १ तारिखदेखि आवश्यक हवाई यात्रा सुरु गर्ने बताएका छन् । साथै ताइवानबाट पर्यटक ल्याउनेबारे कुराकानी भइरहेका छन् ।

त्यो छिटो भइदिए हुन्थ्यो भन्ने ब्रायनलाई लाग्छ । न्यूजील्यान्ड तथा अन्य त्यस्तै देशसँग यात्रा सम्पर्क थाल्नुपर्ने उनको धारणा छ । नत्र जीविका अप्ठ्यारोमा पर्ने उनी बताउँछन् ।

करिब ४,००० किलोमिटर पूर्वमा रहेको मार्शल आईलन्ड्स पनि भाइरसमुक्त छ । तर पलाउजस्तै भाइरस नहुँदैमा प्रभाव नपरेको चाहिँ छैन ।

त्यहाँका होटलहरूको पनि हालत उस्तै छ । देशभरिमा ७०० जागिर गुम्ने ठानिएको छ । जुन सन् १९९७ यताकै खराब अवस्था हो । तीमध्ये २ सय ५८ जागिर होटल तथा रेस्टुराँ क्षेत्रका हुन् ।

जताततै असर !

मार्शल आइल्याण्ड चाहीँ पर्यटनमा पलाउभन्दा कम निर्भर छ । यहाँको ठूलो समस्या मत्स्य उद्योगमा देखिन्छ ।

देशलाई कोभिडमुक्त पार्न सङ्क्रमित देशमा पुगेका पानीजहाजलाई फिर्ता हुन दिइएको छैन । इन्धन बोक्ने जहाज तथा कन्टेनर जहाजलाई पनि १४ दिन समुद्रमै क्वारन्टीनमा राखेर मात्र भित्रिन दिइएको छ ।

प्रभाव स्पष्ट छ । मार्शल आईल्यान्ड्सको मुख्य निर्यात मानिने अक्वेरीअममा राखिने माछाको निकासी ५० प्रतिशतले घटिसकेको बताइन् । सासिमी टुना माछाको निकासी पनि उत्तिकै घटेको छ । अन्य मत्स्य उद्योग यो वर्ष एकतिहाइले घट्ने ठानिन्छ ।

अर्को देश भानुआटु पनि भाइरसका कारण आर्थिक रूपमा प्रभावित भएको छ । उसको कुल गार्हस्थ्य उत्पादन १० प्रतिशतले घट्न सक्ने एशियाली विकास ब्याङ्कले जनाएको छ ।

३ लाख जनसङ्ख्या भएको भानुआतुको जनस्वास्थ्य कार्यालयका निर्देशक डा. लेन टारिभन्डा अहिलेका निम्ति कोभिडबाट जोगिनु नै उनीहरूको निम्ति उत्तम विकल्प हो भन्ठान्छन् ।
छोटकरीमा भन्दा तपाइँले भाइरसलाई बाहिरै राखेपनि त्यसको प्रभावलाई भने निमिट्यान्न पार्न सक्नुहुन्न । जसरी होस् कोभिड–१९ ले सताएरै छाड्छ ।

उत्तर कोरिया र तुर्केमेनिस्तानमा पनि कोरोनाका संक्रमित छैनन् । संयुक्त राष्ट्रसंघका पूर्ण सदस्य नभएका देशलाई कोरोना फ्रिको सूचीमा राख्ने गरिएको छैन ।

कोरोना भाइरसको महामारी पुग्न नसकेका यी १२ देशहरु यस प्रकार रहेका छन् । पलाउ, माइक्रोनेसिया, मार्शल आइल्याण्ड्स, नाउरु, किरीबाटी, सोलोमन आइल्याण्ड्स, टुभालु, समोआ, भानुआतु, टोङ्गा, उत्तर कोरिया र तुर्केमेनिस्तानमा हालसम्म कोरोना भाइरस (कोभिड-१९)को कुनै पनि व्यक्तिमा संक्रमण छैन ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार