कोरोनाबाट मंगलबार थप ९ जनाको मृत्यु !

Facebook Debugger

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मंगलबार थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा काठमाडौं, महोत्तरी र बाराका २/२ जना तथा पर्सा, रुपन्देही र कैलालीका १/१ जना छन् । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा १ सय ७२ पुगेको छ ।

काठमाडौं, चाबहिलकी ७१ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । दमकी विरामी उनको दिर्घायु अस्पतालमा अस्पतालमा सोमबार मृत्यु भएको थियो । संक्रमण पुष्टि भने मंगलबार भएको छ ।

काठमाडौंका ६६ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा मृत्यु भएको छ ।

महोत्तरीको मनरा सिस्वा नरगरपालिका-३ का ७५ वर्षीय बृद्धको मृत्यु भएको छ । चितवन क्यान्सर अस्पतालमा उपचारका क्रममा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको जलेश्वर अस्पतालम मृत्यु भएको हो ।

महोत्तरीकै बलबाका ७७ वर्षीय बृद्धको प्रादेशिक अस्पताल, जनकपुरधाममा मृत्यु भएको छ । जनकी हेल्थ केयरमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनी सोमबार साँझ त्यहाँ भर्ना भएका थिए ।

बाराको सुवर्ण-४ का ७२ वर्षीय पुरुषको कोरोना अस्पताल गण्डकमा मृत्यु भएको छ । भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनको स्वास्थ्यमा समस्या आएपछि सोमबार अस्पताल लगिएको थियो ।

बाराकै महागढीमाई-४ का ५९ वर्षीय पुरुषको पनि गण्डकमै मृत्यु भएको छ । ४ भदौमा कोरोना पुष्टि भएका उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए ।

कोरोना विशेष अस्पताल गण्डकमा उपचारका क्रममा मत्यु भएका पर्साको सुपौलका ६८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीका ५३ वर्षीय कोरोना संक्रमित पुरुषको भीम अस्पतालमा मृत्यु भएको छ । घरको छतबाट लडेर युनिभर्सल मेडिकल कलेजमा उपचाररत उनलाई कोरोना संक्रमण भएको चार दिन अघि मात्र पुष्टि भएको थियो ।

३२ साउनमा मृत्यु भएका कैलालीको बर्दगोरिया-५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको स्वाब भदौ १ गते नै संकलन गरेको भएपनि मंगलबार मात्र रिपोर्ट आएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार