तिङला घटना : पक्राउको बिरोधमा सल्लेरीमा प्रदर्शन !

Facebook Debugger

सोलुखुम्बु । तिङलामा आइतबार ६ जनालाई पक्राउ गरिएको बिरोधमा सल्लेरीमा बिरोध प्रदर्शन भएको छ । सोलुदुधकुण्ड नगरपालिका ११ तिङलावाट प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका ६ जनालाई बिना शर्त रिहाईको माग गर्दै मंगलबार सदरमुकाम सल्लेरीमा प्रदर्शन भएको हो ।

नाराबाजीसहित प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयको गेटमा पुगी रिहाईका लागि दबाब दिएका थिए । सयौंको संख्यामा रहेका प्रदर्शनकारीमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेत, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पासमेत सहभागी थिए ।

जिल्ला प्रशासन कार्यालयमा प्रवेश नपाएपछि गेटमा नै नाराबाजी गर्दै कोण सभा गरेका प्रदर्शनकारीहरुले प्रहरीले राजनीतिक आस्थाका आधारमा निर्दोशलाई पक्राउ गरेको आरोप लगाए ।

जिल्ला प्रशासन कार्यालयमा अपरान्ह प्रदर्शनकारी र प्रशासन बीच छलफल समेत भएको छ । छलफलका क्रममा प्रदर्शनकारीको तर्फवाट पक्राउ परेकाहरुलाई निशर्त छाड्नु पर्ने माग राखिएको थियो ।

कानुनी प्रक्रिया अघि बढिसकेको अवस्थामा कानुनी प्रक्रिया अनुरुप नै मुद्दाको छिनोफानो हुने प्रहरी नायब उपरिक्षक टेकुनन्द इवा लिम्बुले बताए ।

आइतबार तिङलाको रमितेमा होहल्ला गरिरहेको अवस्थामा होहल्ला नगर्न प्रहरीले आग्रह गर्दा मादक पदार्थ सेवन गरेका युवाहरुले प्रहरीलाई नै हातपात गरेको प्रहरीको भनाई छ ।

पक्राउ गरिएकाहरुलाई तत्काल रिहाई नगरिए थप दबाबमुलक आन्दोलन गर्ने प्रदर्शनकारीहरुले चेतावनी दिएकाछन् । पक्राउ पर्नेहरुमा सिद्धिचरण नगरपालिका ६ ओखलढुंगाका २५ वर्षका विजय मगर, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ बस्ने वर्ष २४ को शेरबहादुर मगर, ४५ वर्षका भीम बहादुर मगर, सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ४० को चन्द्र बहादुर मगर, वर्ष ३८ को मोहन कार्की र ३५ वर्षका फुर्वा शेर्पा रहेका छन् । साभारः सोलुखुम्बु समाचारबाट

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार