ओखलढुंगा प्रदेशसभा १ र २ मा गठबन्धनका उम्मेदवार विजयी

0 Shares

काठमाडौं । ओखलढुङ्गामा प्रदेशसभातर्फको नजिता सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ओखलढुङ्गाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश ९१० मा नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार निर्वाचित भएका छन् । उनी १४ हजार ९१६ मतका साथ विजयी भएका हुन् ।

सुनुवारसँग नेकपा एमालेका अम्बिरबाबु गुरुङ पराजित भएका छन् । पूर्व मन्त्री तथा निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेको गुरुङले १४ हजार ५५६ मत ल्याए । प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम १५ हजार ७३८ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ज्ञानबहादुर खड्काले १४ हजार ६४० मत ल्याएका छन् । प्रतिनिधिसभामा पनि गठबन्धनका कांग्रेस उम्मेदवार रामहरी खतिवडा अग्रस्थानमा छन् । १९ हजार २८३ मत ल्याएका खतिवडालाई १५ हजार ५८७ मत ल्याएर नेकपा एमालेका यज्ञराज सुनुवारले पछ्याइरहेका छन् । २०७४ को निर्वाचनमा भने खतिवडालाई सुनुवारले पराजित गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार