गोरखाबाट प्रतिनिधिसभामा माओवादी :अध्यक्ष प्रचण्ड निर्वाचित

0 Shares

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं। २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको स्रोतले बताए ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी दोस्रो र नेकपा एमालेक उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा रहे ।

निर्वाचन आयोगले भने मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

माओवादी अध्यक्ष प्रचण्डले २०६४ यताका सबै चुनाव लगातार जित्दै आएका छन् । २०७४ को चुनाव चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ रोजेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार