विश्वभर एकैदिन थपिए २ लाख ३९ हजार संक्रमित, ५ हजार ८२७ को मृत्यु !

Facebook Debugger

काठमाडौं । विश्वभर एकैदिन २ लाख ३९ हजार ६ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसबाट कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४२ हजार ६ सय ९४ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार ८ सय २७ को मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २२ हजार ४ सय ९९ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६५ लाख ९१ हजार ३ सय ३८ जना संक्रमण मुक्त भएका छन् । विश्वका सक्रिय संक्रमितको संख्या ६६ लाख २८ हजार ८ सय ५७ छ । उनीहरु मध्ये ६१ हजार ७ सय १९ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ९ सय ७० जनाको मृत्यु भएको छ । ३४ लाख ७ हजार ३ सय ३३ जना संक्रमित भएकोमा २० लाख ३ हजार ६ सय ३१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६१ हजार ७ सय ३३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७० लाख ३७ हजार २ सय २९ पुगेको छ । त्यसमध्ये ३९ लाख ८६ हजार ४ सय १९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३३ हजार ३ सय ७ जनाको मृत्यु भएको छ । ६४ लाख ७५ हजार ६ सय ८९ जना संक्रमित भएकोमा ५१ लाख ६१ हजार २ सय ४५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९२ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ । ५८ लाख ८६ हजार ५ सय १४ जना संक्रमित भएकोमा ४४ लाख ८३ हजार ६ सय ३२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ३ सय ३४ जनाको ज्यान गएको छ भने १२ लाख ७ हजार ६ सय २३ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ३४ हजार १ सय ९२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५ सय ५२ जनाको मृत्यु भएको छ । २७ हजार ५ सय ८५ जना संक्रमित भएकोमा २१ हजार ५ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार