यही गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल,देउवा र प्रचण्डबीच भेट

  सगरमाथा अनलाईन
0 Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच शनिबार विहान भेटवार्ता भएको छ ।

भेटका क्रममा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरु निकट नेताहरुले बताएका छन् ।

निर्वाचनको परिणाम आउने क्रम जारी रहेकै बेला शनिबार विहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

गठबन्धनका दलहरुको बैठक छिट्टै बोलाउने निर्णय पनि प्रधानमन्त्री र प्रचण्डले गरेका छन् ।

‘विहानको भेटमा दुइटा विषयमा छलफल भयो । सम्पूर्ण नतिजा नआइसकेकाले निर्वाचनको सामान्य समीक्षा भयो’ परियारले भने , ‘गठबन्धनलाई इन ट्याक राखेर सरकार गठन सहित अरु विषयमा छलफल गर्न गठबन्धनका दलको बैठक बोलाउने सहमति बनेको छ ।’

सरकारमा सहभागी दलहरुकै भावी सरकार बनाउने गरी छलफल गर्न बैठक बोलाउने दुई नेता बीच सहमति बनेको परियारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार