निषेधाज्ञा थप्नेबारे आज निर्णय हुँदै

Facebook Debugger

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुने भएको छ ।

निषेधाज्ञाबारे छलफल गर्न हिजो बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्नेरनथप्ने बारे कुनै निर्णय नगरे पनि आज पुनः बैठक बसेर यसबारे निर्णय लिनेछ ।

हिजो दिउँसो ३.०० बजे शुरु भएको बैठक अबेरसम्म चले पनि कुनै निर्णय नभएको र आज बिहान फेरि बैठक बस्ने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले जानकारी दिए ।

त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टले पनि हिजोको बैठकबाट निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा कुनै निर्णय नगरेको र आज पुनः बैठक बस्ने बताए ।

यसअघि हिजो दिउँसो तीनजना प्रजिअसहित बसेको काठमाडौं, ललितपुर र भक्तपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सिफारिस गरेको थियो ।

गत साउन ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो। उक्त आदेश बुधबार (आज) राति १२ बजे सकिँदैछ ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका हुन् ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यकबाहेकका गतिविधि रोकिएका छन् ।

यस अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ ।

अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार