कोहलपुर बाँकेमा उपचाररत कोरोना संक्रमितको मृत्यु !

Facebook Debugger

काठमाडौं । बाँकेमा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षे पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

बिरामीको दुवै फोक्सोमा निमोनिया भएको नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालले जनाएको छ ।

बिरामी भएर नेपालगञ्ज मेडिकल कलेज भर्ना भएका उनलाई हिजोबाट शिक्षण अस्पताल कोहलपुरको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । ८ गते अस्पताल भर्ना भएका उनको सोही दिन कोरोना परीक्षण गरिएको र हिजो दिउँसो ३ बजे कोरोना पोजेटिभको रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

उनको आज बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार