रोनाल्डोका नेपाली समर्थकले गरे पशुपतिनाथको सरसफाई

आउने शनिबार रत्तदान कार्यक्रम गरिदै

  सगरमाथा अनलाईन
791 Shares

काठमाडौं । विश्व प्रसिद्ध फुटबलर क्रिष्टियानो रोनाल्डोका समर्थकले पशुपतिनाथ मन्दिरको परिसरमा सरसफाई गरेका छन् । क्रिष्टियानो रोनाल्डो फ्यामिलि अफ नेपाल नामक समर्थक समूहले पशुपतिनाथ परिसरमा सरसफाई गरेका हुन् ।

कतारमा चलिरहेको विश्वकपलाई लक्षित गर्दै पोर्चुगल र रोनाल्डोको समर्थनमा नेपाली प्रशंसकहरुले पशुपतिनाथ मन्दिरको परिसरमा सरसफाई गरेको नेपाली प्रशंसक अजय रानाभाटले बताए । नेपाली समर्थक समूहले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा रहेको प्लाष्टिकजन्य लगायत अन्य फोहोरहरु सरसफाई गरेका छन् ।

यसैबीच मंसिर १७ गते शनिबार पशुपति क्षेत्रमै सो समर्थक समूहले रत्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । पछिल्लो समय अस्पतालमा रगत नपाएर छटपटाईरहेका बिरामीहरुलाई सहज होस भनेर रत्तदान कार्यक्रमको आयोजना गरिएको नेपाली समर्थक अजय रानाभाटले बताए ।

रत्तदान कार्यक्रममा सहभागी भई रत्तदान गरी जीवन दान दिनहुन पनि क्रिष्टियानो रोनाल्डो फ्यामिलि अफ नेपाल नामक समर्थकहरुले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार