सीपीएल क्रिकेट : सन्दीपको शानदार बलिङ, ४ खेलमा पाँच विकेट !

Facebook Debugger

काठमाडौं । क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा जमैका तालावाजले दोस्रो जित हात पारेको छ ।

नेपाली युवा खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालावाजले आज विहान भएको गुयाना अम्याजन वारियर्सविरुद्धको खेलमा पाँच विकेटको जित हासिल गरेको हो ।

वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो ।

उसका लागि एन क्रुह्माह बोनरले ३० र ग्लेन फ्लिप्सले २६ रन बनाए । यसअघि पहिले व्याटिङ गरेको वारियर्सले २० ओभरमा नौ विकेट गुमाएर एक सय ८ रन बनायो ।

नेपालका सन्दीपले आज पनि उत्कृत बलिङ गरे । सन्दीपले ४ ओभरमा १२ रन मात्रै दिएर १ विकेट लिए ।

यस्तै फिडेल एडवार्ड र मुजीब रहमानले ३/३ विकेट हात पारे । सन्दीप आवद्ध टिमले ४ खेलमध्ये २ खेल जितेको छ र चौथो स्थानमा छ ।

जारी सीपीएल अन्तर्गत सन्दीपले हालसम्म शानदार प्रदर्शन जारी राखेका छन् । उनी आवद्ध जमैका ४ खेलमध्ये २ खेलमा पराजति भए पनि सन्दीपको प्रदर्शन भने प्रशंसनीय रहेको छ ।

आजको खेलमा उनले ४ ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए । उनले पहिलो पटक कुनै पनि बाउन्ड्रि खाएनन् ।

यसअघिका ३ खेलमा सन्दीपले पहिलो खेलमा १ विकेट लिएका थिए भने दोस्रो खेलमा पनि १ विकेट हात पारेका थिए ।

यस्तै तेस्रो खेलमा उनले २ विकेट लिएका थिए । उनले यो सिजन जारी रहँदा अहिलेसम्म चार खेलमा ७२ रन खर्चिएर पाँच विकेट लिन सफल भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार