कोरोनाबाट पाटन र विराटनगरमा उपचाररत १/१ संक्रमितको मृत्यु

Facebook Debugger

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

यसैबीच कोरोना संक्रमणबाट विराटनगरमा थप १ जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका-११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।

मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले जानकारी दिए ।

संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । विराटनगर-१५ मिल्स एरिया घर भएकी महिला बिराटनगर–११ मा बस्दै आएकी थिइन् । उनको मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमित महिलामा निमोनिया पनि देखिएको अस्पतालका डाक्टरले बताएका छन् ।

महिलाको मृत्युसँगै कोरोनाका कारण हालसम्म विराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा २ महिला र ९ पुरुष छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार