फिफा विश्वकपमा समूह चरणका अन्तिम चार खेल आज

  सगरमाथा अनलाईन
161 Shares

काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज समूह जी र एचका दुई–दुई खेल हुनेछन् ।

समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । यस्तै समूह जी मा रहेको ब्राजिल र क्यामरुन तथा स्वीजरल्याण्ड र सर्वियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ ।

आजको खेलपछि अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ । अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । समूह एदेखि समूह ईसम्मका विजेता र उपविजेताको छिनोफानो भइसकेको छ । यस्तै समूह जी बाट ब्राजिल तथा समूह एचबाट पोर्चुगलले पनि अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् ।

अब आजको खेलपछि अन्तिम दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् र अन्तिम १६ को समीकरण पनि पूरा हुनेछ । अहिलेसम्म सबै महादेशबाट अन्तिम १६ मा प्रतिनिधित्व भएको छ । जसमा युरोपबाट सबैभन्दा धेरै ७ टिम छन् । यस्तै अफ्रिकाबाट मोरक्को र सेनेगल, दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना, एसियाबाट अष्ट्रेलिया र जापान अनि उत्तर अमेरिकाबाट अमेरिकाले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार