चितवनको आइसोलेसनबाट भागेका कोरोना संक्रमित युवा नुवाकोटमा भेटिए

Facebook Debugger

काठमाडौं । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामै भागेका युवा बुधबार भेटिएका छन् । उनलाई नुवाकोटमा भेटिएको प्रहरीले जनाएको छ ।

भरतपुर अस्पतालको आइसोलेसनबाट भागेको ती युवा बुधबार बिहान १०ः३० बजे नुवाकोट जिल्लाको बेलकोटगढी वडा नम्बर ५ मा भेटिएको चितवन प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको चेकिङको क्रममा उनी फेला परेको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको छ ।

प्रहरीकाअनुसार उनी साइकल चढेर चितवनबाट नुवाकोट पुगेका थिए । भरतपुर महानगरपालिका–१२ बस्दै आएका १९ वर्षीय युवक चोरीको आरोपमा पक्राउ परेका थिए । हिरासतमै उनमा संक्रमण पुष्टि भएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार