काठमाडौं उपत्यकामा आज एकै दिन थपिए ३०१ कोरोना संक्रमित

Facebook Debugger

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरी जम्मा ३ सय १ जना संक्रमित थपिएका छन् ।

यअसघि मंगलबार काठमाडौंमा १ सय ९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरी जम्मा २ सय ३२ जना संक्रमित थपिएका थिए ।

नेपालमा बुधबार थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ जना पुगेको छ । देशभर रहेका संक्रमितमध्ये १ सय ५१ जना आइसीयुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १९ हजार ५ सय ४ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ६४ पुगेको थियो । आज थप ११ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ सय ७५ पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार