भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो, ६० हजार बढिको मृत्यु !

Facebook Debugger

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७५ हजार ९ सय ९५ जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७ सय ४९ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २५ लाख २३ हजार ४ सय ४३ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९५ हजार ४ सय जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६० हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १७ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६० हजार ६ सय २९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार