कोरोना अस्पतालमा कपिलवस्तुका पुरुषको मृत्यु

Facebook Debugger

काठमाडौं । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका-१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको डा. थापाले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार