कोरोनाबाट विश्वभर २ करोड ४३ लाख बढी संक्रमित, ८ लाख बढिको मृत्यु

Facebook Debugger

काठमाडौं । विश्वभर २ करोड ४३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ८ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म २ करोड ४३ लाख २३ हजार ८१ जनामा संक्रमण भएको छ ।

संक्रमितमध्ये १ करोड ६८ लाख ४९ हजार ३ सय ३१ जना संक्रमण मुक्त भएका छन् । यस्तै एकै दिन थप ६ हजार ३ सय १९ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २८ हजार ८ सय ८७ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार २ सय २७ जनाको मृत्यु भएको छ । ३४ लाख ३४ हजार ३ सय १७ जना संक्रमित भएकोमा २० लाख २० हजार १ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६३ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७० लाख ९१ हजार ६ सय १५ पुगेको छ । त्यसमध्ये ४० लाख ३८ हजार ७ सय ४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३४ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ । ६५ लाख ७८ हजार ८ सय ६१ जना संक्रमित भएकोमा ५२ लाख ४२ हजार २ सय ५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९४ हजार ७ सय ३३ जनाको मृत्यु भएको छ । ५९ लाख ७२ हजार ४ सय ४८ जना संक्रमित भएकोमा ४५ लाख ७९ हजार ९ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ६ सय ५६ जनाको ज्यान गएको छ भने १२ लाख १६ हजार ५ सय ५८ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ४५ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५ सय ७६ जनाको मृत्यु भएको छ । २७ हजार ७ सय ८४ जना संक्रमित भएकोमा २२ हजार १ सय १९ जना संक्रमणमुक्त भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार