सोलुखोलामा ह्युमपाईप, सवारी साधन आवतजावतमा सहजता

  सगरमाथा अनलाईन
189 Shares

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं. २ स्थित सोलुखोलामा सवारी साधन आवतजावत गर्नको लागि अस्थाई ह्युम पाईप राखिएको छ । गाउँपालिकाको आर्थिक लगानीमा फलामे ह्युम पाईप राखिएको हो ।

नेचासल्यान र थुलुङ दुधकोशी गाउँपालिकालाई जोड्ने सोलुखोलामा ह्युम पाईप राखेपछि एक पालिकाबाट अर्को पालिकामा आवत जावत गर्न सवारी साधनलाई सजिलो भएको नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले बताए । ‘हामीले अहिले अस्थायी रुपमा फलामे ह्युम पाईप राखेर सवारी साधन आवतजावत गराएका छौं ।’ अध्यक्ष राईले भने, ‘नेचासल्यान र थुलुङ दुधकोशीलाई जोड्ने सोलुखोलामा यातायात सञ्चालनको लागि ह्युम पाईप राखेका हौं ।’

अस्थायी रुपमा सञ्चालन गरिएको ह्युम पाईपले स्थानीय बासिन्दा खुशी भएका छन् । स्वर्ण सगरमाथा (गोल्डेन ट्रयाङ्गल) सडक मार्गमा पर्ने सोलुखोलामा पक्की मोटरेबल पुलको समेत सर्वे गरि निर्माणको कार्य अघि बढाइएको छ । पुल निर्माणपछि जिल्लाको थुलुङ दुधकोशी, सोताङ, महाकुलुङ गाउँपालिका आवत जावत गर्न सहज हुने स्थानीयको भनाई छ ।

अस्थायी रुपमा राखिएको ह्युम पाईप एक कार्यक्रमबीच सञ्चालनमा ल्याइएको छ । गाउँपालिका अध्यक्ष धनजनराईले ह्युम पाईप सञ्चालनको उद्घाटन गरेका थिए । कार्यक्रमा वडा नंं २ का वडा अध्यक्ष सिताराम काफ्लेलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार