कोरोनाबाट पर्सामा थप २ जनाको मृत्यु

Facebook Debugger

काठमाडौं । पर्सामा कोरोना भाइरसको संक्रमणका कारण थप २ जना पुरुषको मृत्यु भएको छ ।

वीरगञ्ज-१४ बहुवरीका ६२ वर्षका व्यक्ति र धोबिनी गाउँपालिका-३ गुलरिया टोलका ७० वर्षका व्यक्तिको कोभिड-१९ बाट मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

बहुवरीका पुरुषको बिहीबार बिहान उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको डा. चौरसियाले बताए । उनी गत साउन ३० गते उपचारका लागि कोरोना अस्पतालमा भर्ना भएका थिए । उनमा निमोनिया समेत देखिएको थियो ।

यस्तै धोबिनिका पुरुषको बुधबार बेलुकी उपचारको क्रममा नारायणी अस्पतालमा ज्यान गएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती व्यक्तिलाई भदौ ८ गते अस्पताल भर्ना गरिएको थियोे ।

सोही दिन स्वाब संकलन गरी परीक्षण गर्दा उनमा संक्रमण देखिएको थियो । पर्सामा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार