२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

वर्षमानलाई ओलीले भने : अब सबै चिज अघि बढ्यो


१० पुस २०७९, आइतबार  

7
Shares

काठमाडौं । सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भइरहेको ४ दलको बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि सहभागी छन् ।

अरु नेताभन्दा अलि पछि पुगेका पुनलाई स्वागत गर्दै ओलीले भने, ‘स्वास्थ्य लाभ गरी फर्कनु भयो । अब चीज अघि बढ्यो ।’

चुनावपछि स्वास्थ्य उपचारका लागि चीन गएका वर्षमान पुन केही दिनअघि मात्र स्वदेश फर्केका हुन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ९ : ३३ बजे