१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

कस्तो संयोगः ‘हामी यहाँ छौं’ भन्दै सडकमा पलेँटी कसेकै दिन पुष १० गते प्रचण्ड-माधव छुट्टिए



काठमाडौं । तत्कालिन नेकपाभित्रको विवादबाट जोडिएको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीचको सहकार्य टुटेको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट प्रचण्डले प्रधानमन्त्री नपाएपछि प्रचण्ड-माधवको सहकार्यमा टुटेको हो ।

केपी शर्मा ओलीले ०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-माधव एकजुट भएका थिए । संसद विघटनविरुद्ध सडकबाट मोर्चाबन्दी थालेको दुई पुगेकै दिन प्रचण्ड-माधवको सहकार्य टुटेको हो ।

प्रचण्डले प्रधानमन्त्री बन्नका लागि फेरि एमालेसँग सहकार्य गरेपछि माधव नेपाल एक्लिएका हुन् । ओलीले संसद विघटन गरेपछि ४ दिन विभिन्न बैठकपछि पुष १० गते निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाब बढाउन सडक निस्किएका थिए ।

प्रचण्ड-माधवसहित झलनाथ खनाल, नारायणकाजीसहित शीर्ष नेताहरुले ओलीविरुद्ध माइतिघर मण्डलाको सडकमा ‘हामी यहाँ छौं’ भनेर बसेका थिए । जुन सामाजिक सञ्जालमा भाइरल बन्यो ।

तर, अहिले प्रधानमन्त्रीकै लागि सडकमा गएको २ वर्ष पुगेकै दिने अलग भए । ओलीलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेका प्रचण्ड अहिले आफैं त्यही पुगेका छन् ।

सिंहदबार सफर तयार गर्न प्रचण्ड बालकोटको बार्दलीमा पुगेका हुन् । सत्ता बहिर्गमनपछि बालुवाटारबाट बाहिरिएपछि ओली बालकोटको बार्दलीमा पुगे सम्बोधन गरेका थिए । त्यही बेलादेखि बालकोटको बार्दली चर्चामा छ ।

अहिले प्रचण्ड ७ दल र तीन स्वतन्त्र गरी १६९ सांसदको सुविधाजनक बहुमतसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेश गरिसकेका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १२ : ४२ बजे