खालिङ भाषाको पाठ्यक्रम : सोलुखुम्बुमा पठनपाठन शुरु

Facebook Debugger

सोलुखुम्बु । नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत किरात खालिङ भाषाको पाठ्यक्रम पठनपाठन शुरु भएको छ । नेपाल सरकारद्धारा स्वीकृति विभिन्न २६ भाषाको मातृभाषामा नमूना पाठ्यपुस्तक बनाएपछि खालिङ भाषामा पठनपाठन शुरु भएको हो ।

नेपाल सरकारले बनाएको २६ भाषाको मातृभाषा नमूना पाठ्यपुस्तक अन्तरगत खालिङ भाषा पनि एक हो । नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले २०७३ सालमा पहिलो पटक खालिङ मातृभाषाको पाठ्यपुस्तक प्रकाशन गरेको थियो । तर आंशिक रुपमा केही विद्यालयहरुले पठनपाठन सुरु गरे पनि प्रभावकारी रुपमा सबै विद्यालयहरुमा पठनपाठन शुरु हुन सकेको थिएन । पठनपाठन हुन नसक्नुमा विद्यालयको आन्तरिक तयारी नहुनु र समयमै आवश्यक मात्रामा पाठ्यपुस्तक उपलब्ध हुन नसक्नु नै प्रमुख कारण रहेको छ ।

खालिङ भाषाको पाठ्यपुस्तक कक्षा १ को पाठ्यक्रम विकास केन्द्रले तथा कक्षा २ को भने जनक शिक्षा सामाग्री केन्द्रले प्रकाशनमा ल्याएको हो । अहिले कक्षा ५ सम्मको लेखन कार्य सम्पन्न गरि ३ देखि ५ सम्मको पाठ्यपुस्तक प्रकाशनको तयारी भैरहेको छ । उक्त पाठ्यपुस्तक लेखनको लागि सरकारले नै न्युनतम योग्यता स्नातक तहको हुनुपर्ने मापदण्ड तयार गरेको थियो । त्यस्तै कक्षा १ को किताब लेखन धनबहादुर खालिङ र पन्च खालिङले गरेका छन् । त्यस्तै कक्षा २ को लेखन बिना खालिङ र धनबहादुर खालिङ गरेका छन् । त्यस्तै कक्षा ३, ४ र ५ को क्रमश राजकुमार खालिङ र बिना खालिङले लेखेका छन् ।

अहिले प्रकाशनको तयारीमा रहेको कक्षा ३, ४ र ५ को किताबको कभर डिजाईन भने डिजाईनर तथा लोजिक कृयसनका निर्देशक तिलक खालिङले गरेका छन् । कक्षा ३ को कभर डिजाईनमा देखिने घर स्वर्गीय गोल्ड मेडलिस्ट आर्टिस्ट अर्जुन खालिङको आर्ट रहेको छ ।

वि.सं. २०७३ सालमा नै कक्ष १ को खालिङ भाषाको पाठ्यपुस्तक विकास केन्द्रले प्रकाशन शुरु गरे पनि खालिङ बाहुल्यता रहेको सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउपालिकाको वडा न २ बासा खाली माध्यमिक विद्यालय र सोलु दुधकुन्ड नगरपालिका वडा न १ सरस्वती आधारभूत विद्यालयमा पठनपाठन भैरहेको छ । त्यसैगरी गत शैक्षिक सत्रबाट माप्य दुधकोशी गाउपालिकाको वडा न ४ चोमोलुङ्मा आधारभूत विद्यालय, वडा न ५ स्थित रामपुर आधारभूत विद्यालय, वडा न ५ कै देविस्थान आधारभूत विद्यालयमा पनि पठनपाठन शुरु भएको छ । माप्य दुधकोशी गाउपालिकाका वडा न १ मा भने यो शैक्षिक सत्र देखि वडा मा रहेको तीन वटा विद्यालयमा अनिवार्य र एउटा विद्यालयमा ऐक्षिक विषय वनाएर अध्यापन गर्ने गरि तयारी भैरहेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार