काठमाडौं । सरकारको प्रवक्ता उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अस्वीकार गरेपछि अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषदले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

सरकारको प्रवक्ता मन्त्रिपरिषद विस्तार नहुञ्जेलका लागि मात्र भएकाले गृहमन्त्री लामिछानेले अस्वीकार गरेको बताइएको छ । ‘लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिए पनि उहाँले उक्त प्रस्ताव नमानेपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो,’ एक मन्त्रीले भने ।







