कोरोनाबाट विश्वभर २ करोड ४६ लाखभन्दा बढी संक्रमित

Facebook Debugger

काठमाडौं । विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ७ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै शुक्रबार यो समाचार तयार पार्दासम्म २ करोड ४६ लाख ५ हजार ३ सय ६ जनामा संक्रमण भएको छ ।

संक्रमितमध्ये १ करोड ७० लाख ७६ हजार ५ सय २९ जना संक्रमण मुक्त भएका छन् ।

एकै दिन थप ५ हजार ८ सय ६१ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ३४ हजार ७ सय ७३ पुगेको छ ।

अहिले ६६ लाख ९४ हजार ४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६१ हजार ३ सय ९६ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ । ३४ लाख ८० हजार ९ सय ६२ जना संक्रमित भएकोमा २० लाख ३३ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६५ हजार ६ सय ६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७१ लाख ४८ हजार ७ सय ५ पुगेको छ । त्यसमध्ये ४० लाख ९८ हजार ८७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३६ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ । ६६ लाख ८१ हजार ८ सय ३९ जना संक्रमित भएकोमा ५३ लाख २५ हजार १ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९६ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ । ६० लाख ३९ हजार ९ सय १६ जना संक्रमित भएकोमा ४६ लाख ३९ हजार ३ सय २७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ९ सय १० जनाको ज्यान गएको छ भने १२ लाख २५ हजार २ सय ४९ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ५७ हजार ८ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६ सय जनाको मृत्यु भएको छ । २७ हजार ९ सय १४ जना संक्रमित भएकोमा २२ हजार ४ सय जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार