कोरोनाबाट झापामा एक जनाको मृत्यु

Facebook Debugger

झापा । कोरोना भाइरस संक्रमित झापाका एक बृद्धको मृत्यु भएको छ । कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको मृत्यु भएको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले जानकारी दिइन् ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उनको उपचारका क्रममा शुक्रबार बिहान ४ बजे मृत्यु भएको हो ।

उनका परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएकाले मेची अस्पताल भद्रपुरको आइसोलेसन राखेर उपचार भइरहेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार