बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

  सगरमाथा अनलाईन
70 Shares

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहालले बुझेपछि प्रधानमन्त्री बालुवाटार सरेका हुन् ।

उनलाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरेका थिए ।

ज्योतिषी टिकाराम घिमिरेले जुराएको साइत अनुसार बुधबार ५ बजे सरिसक्नुपर्ने भए पनि प्रधानमन्त्री एक घन्टा ढिलोगरी बालुवाटार प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार