साम्यवाद होइन, सम्धीवाद भन्नुस !

Facebook Debugger

हाम्रो गाउघरमा
हाम्रो पहाड ओखलढुङ्गामा
जनबोलिमा
सम्धीको सम्धीलाई लम्धी भनिन्छ
लम्धीको पनि सम्धी आउनु भयो भने
सम्धीको लम्धी लम्धीको ध्वाँ ध्वाँ भनिन्छ ।

त्यसैले अबको नियुक्ती सम्धी साहेबलाई होइन लम्धी साहेबलाई
हजुर सुनिबक्स्योस न !
उमाशिपलाई जस्तै गरेर (उच्च माध्यामिक शिक्षा परिषद)
वाणिज्य बैंकलाई पनि मजाले कपौ
सम्धीज्यु
हजुरलाई एउटा पद अझ थपौ ?

उहिले आफ्नै लिपिले निवेदन लेखेर
उमाशिपमा खुवायको भान्जिको जागिर
अहिले बैंकमा आफैले खादैछु खचाञ्जीको जागिर
ईश्वर दाहिना हुनेको त के के हुन्छ
ईश्वर सम्धी हुनेको यत्ती हुदा
के को रोदन र के को क्रन्दन ?
लेख्नेले लेखिरहन्छन्
बोल्नेले बोली रहन्छन
साम्यवाद होइन अब सम्धीवाद भन्नुस

अब कत्ती नियुक्तीले दर्जन पुग्ला ? पहिला त्यो गन्नुस
आयल निगममा अध्यक्ष हुदा तेल खाय
उमासिपमा भान्जिको जागिरमा
मैले फेल खाय
उत्तर पुस्तिका कमसल प्रकृतिको नै छाने
वा … सम्धी साहेब वा … !

मैले हजुरलाई माने ।
त्यो नियुक्ती लगत्तै पछि फेरि मैले नै भिसी खाय
क्याम्पस भवन वनाउँदा ठेकेदार सङ्ग पिसि खाय
साझ परे पछि सिसि खाय
भिसी भएको मानिस
जाबो खचाञ्जी हुदा के सारो खेदो ?
हामी दुई सम्धी कै नाममा

सङ्गलो सामाजिक सन्जाल के विधि लेदो ?
कसैले विश्व सम्धी दिवस भने
कसैले सम्धी एकता जिन्दावाद भने
कसैले समृद्धि ल्याउन सकिन सम्धी ल्याए भने
कसैले अब सम्धी साहेवको पोइसा
टेङ्कमा होइन है बैंकमा भने
अरु कुनै अमुक बैंकले
बैंक पनि साथी पनि भन्दै
ग्राहकलाई आकर्षित गर्न बनाएको

नाराको रुपान्तरित रुप
यहाँ बैंक पनि सम्धी पनि बनाए
सेनालाई दियको उपमा लकिरका फकिर
ओम्नि, खाली जाहाज, सिसिएमसी
सबै सबै रिस म माथी खनाए
म पनि त गोरु जोत्दा जोत्दै त कहाँ आको हु र ?
नियुक्ती खाएको

अहिलेसम्म जम्मा ८ भयो
यो नियुक्ती मेरो लागि ठूलो पाठ भयो
दर्जन पु¥याए पछि धरो धर्म म नियुक्ती खान्न
सम्धी साहेबको अकुत धन मरि जाउ होला
म हाम्रो बैंकको लकरमा राख्न लान्न
मेरो रुप रङ्ग
बोल्ने ढङ्ग

सबै सबै नव सामान्तको जस्तो लाग्छ होला
भयो अब
नखेल्नुस तपाईहरु आपसमा जुहारी
अन्तिम नियुक्ती खान्छिन
मेरो सम्धिको छोरी
मेरो बुहारी

हाम्रो देशमा
कुरा नबुझी कराउनेको जमात ठूलो भएछ
नियुक्ती खानलाई त आफुले पनि
ठूलै खुवाउनु पर्छ, अलिक धेरै नै दिनु पर्छ
नियुक्ती कहाँ हुन्छ त कम … दिनिलाई
सम्धी साहेब
अबको एउटा नियुक्ती हजुरको सम्धीनिलाई ।

प्रभाकर सुनुवार ओखलढुङ्गा

हाल, काठमाण्डौ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार