नेकपा नेता वामदेव गौतमले रचना गरेको गीत सार्वजनिक [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । नेकपाका शीर्ष नेता बामदेव गौतमले लेखेको गीत सार्वजनिक भएको छ । ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

राष्ट्रभक्तिका शब्दले ओतप्रोत यो गीतमा संगीत पनि नेता गौतम र शम्भुजीत बास्कोटाको संगीत छ । संगीत संयोजन भने मनोहर सुनमले गरेका हुन् ।

गीतमा रोशन गुरुङ र माण्डवी त्रिपाठी रिमालको स्वर सुन्न सकिन्छ । भिडियोमा नेपालका विभिन्न मनोरम दृश्य देख्न सकिन्छ भने वामदेम आफैले पनि अभिनय गरेका छन् । गीतमा नेपाल प्राणभन्दा प्यारो बुद्ध भूमि भएको भाव प्रस्तुत गरिएको छ ।

भिडियोमा जीवन थापाको निर्देशन देख्न सकिन्छ भने दीर्घ गुरुङको छायांकन छ । यस्तै भिडियोमा निर्देशक थापाको सम्पादन समेत रहेको छ ।

गौतमले लेखेका ४३ वटा गीतहरुको सङ्ग्रह पनि प्रकाशन गरिएको छ । गीति एल्बममा समावेश धेरै गीतमा राष्ट्रियताको भावना समेटिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार