आज थप ९२७ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै ४१५

Facebook Debugger

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय २९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । १० हजार २ सय २९ नमूना परीक्षण गर्दा ३ सय ३४ महिला र ५ सय ९३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । उनीहरुमध्ये १ सय ९५ जनाको मृत्यु भएको छ भने २० हजार २ सय २४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ सय ६९ जना डिस्चार्ज भएका छन् ।

देशभरमा १६ हजार १९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार ५ सय ७३ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४ सय ४६ जना होम आइसोलेसनमा छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौं जिल्लामा मात्र ३ सय ५० जना छन् भने भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै रुपन्देहीका ७२ जना, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ र कास्कीका १६/१६ जना, झापाका १५, महोत्तरी र सर्लाहीका १३/१३ जना, सिराहाका १२ र नवलपुर, दैलेख र कैलालीका ११/११ जनामा कोरोना संक्रमण देखिएको छ ।

डोटीका ९ जना, सप्तरीका ७, जुम्लाका ६, बारा र तनहुँका ४/४ जना, नुवाकोट र सल्यानका ३/३ जना, संखुवासभा, पाँचथर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका २/२ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रसुवा, गोरखा, बाग्लुङ, दाङ, कञ्चनपुरका १/१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले वजाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार