विद्युत प्राधिकरणमा कुलमानको विकल्प छैन

Facebook Debugger

सन्च खालिङ । नेपाललाई संसारकै दोश्रो जलश्रोतमा धनी अनि एसियाको पहिलो नै मानिछ । श्रोतलाई नै आधार मान्ने हो भने ८३ हजार मेघावाट विद्युत उत्पादन क्षमता राख्छ जुन हामी नेपालीले भरपुर प्रयोग गरेर पनि बेच्दा मात्र आधा भन्दा बढी एसिया झिलीमिलि हुन्छ । तर यहाँ एसिया झिलिमिली हुने कुरा छोडौ १८ घन्टासम्म देश नै अन्धकारमा बस्नु परेको तितो यथार्थ पनि ताजै छ । लोडसेडिङ अन्त्य हुनु त सपनाको कुरा मात्र थियो तै पनि एक जना कुशल प्रसाशक सहि ठाउमा नेतृत्व पाए हरेक कुराको परिवर्तन असम्भव रहेनछ भन्ने कुराको ज्युँदो ईतिहास हुन् वर्तमान विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उनले प्राधिकरणको नेतृत्व सम्हालेको दुई महिनामा नै चमत्कारीक ढङ्गले बिना हल्ला अघोषित रुपमा लोडसेडिङ हटाए । यो कुनै चमत्कार भन्दा कम थिएन । काठमाडौ देखि सुरु भएको लोडसेडिङ अन्त्य ४ वर्षको बीचमा नै नेपालको प्रमुख शहरहरु लगायत देशै भरी क्रमिक रुपमा भैरहेको छ । यसो भन्दै गर्दा उहाको नेतृत्वमा काम गर्ने थुप्रै पात्रहरु छन । उनिहरुको पनि योगदान कम छैन । यी सम्पुर्ण राष्ट्रसेवक प्रती हार्दिक नमन छ ।

यसरी १८ घन्टा लोडसेडिङ मात्र हैन विद्युत चुहावट २६ बाट १५ प्रतिशतमा झारे अनि ३५ अर्व ऋणमा रहेको प्राधिकरण ९ अर्ब नाफामा लगे यसले के पुष्टि गर्छ भने प्राधिकरणमा के कस्ता बेथिती थिए भन्ने कुरा । यसरी कुलमानले कामको सफलतासङ्गै तीन करोड जनताको वावाही कमाई रहेको बेला अब कार्यकाल सकिन लाग्दा राम्रो काम गरे बापत फेरि पनि अर्को पटकको लागि जिम्मेवारी दिन्छन या राम्रो काम गरे बापत कारबाही गरि हटाउछन यो चाहिँ बढो रोचक भैरहेको छ । एका तिर तीन करोड जनता कुलमानको कामले हौसिएका छन्, भने उता सरकारका र दलालहरु फेरि कुलमान नै आए कमिसन नपाउने छटपटिले आतिएर बेहोस हुनेवाला छन् । केही दिन अगाडि कुलमान पुनः नियुक्त भएको फेक न्यूजले पनि तहल्का मच्चाएको थियो । त्यसले सरकारलाई नै सोच्न बाध्य पारेको छ । हुन त अब नेपालको राजनीतिले थुप्रै चरण पार गरेर समाजवाद तर्फ उन्मुख भै सक्यो । त्यसैले समाजवाद उन्मुख भएको देशमा सफल योग्यलाई कहाँ, र अयोग्य, असफललाई कहाँ स्थान दिने भन्ने कुरा नि राम्रै बुझेको हुनुपर्छ हाम्रो सरकारले । बुझोस पनि यहि कामना छ ।

कुलमान घिसिङ प्राधिकरणमा आउनु पूर्व पनि एक पटक अयोग्य ठहरी सकेका व्यक्ती हुन् । जुन बेला कुलमान चिलिमे जलविद्युतको निर्देशक भएर काम गरेका थिए । उनलाई त्यहा पनि अयोग्य देखाएर तत्कालिन मन्त्री र सरकारले हटाएका थिए । त्यही अयोग्य कुलमानलाई फेरि प्रचण्डको सरकारले प्राधिकरणमा ल्याएर चमत्कार भयो । यसले के पुष्टि गर्छ भने योग्य अयोग्य आफुसङ्ग जे सीप छ त्यस्तैमा भर पर्ने रहेछ । अयोग्य सरकारले आफू जस्तै अयोग्य बनाएर मिल्काए योग्य सरकरले आफू जस्तै अयोग्यलाई पनि योग्य नै बनाई दिए अब यसपाली यो सरकारले के गर्छ हेर्न बाँकी छ ।

जनताले कुलमान घिसिङ हाई हाई जन अपेक्षा अनुरुप काम नगर्ने सरकार बाइ बाई भन्दै नारा लाउने अवस्था आएपछी सरकारका जिम्मेवार मन्त्रीले नै जुत्ताको रिस मोजालाई भने जस्तै सामाजिक संजालले कुलमानलाई नियुक्ति गरेका हुन । सरकारले होइन भन्ने तल्लो स्तरको अभिव्यक्तिले प्रष्ट पार्छ । सामाजिक संजालले नियुक्ति गरेको भनेर तल्लो स्तरको अभिव्यक्ति दिने मन्त्रीलाई के थाहा सामाजिक संजालको आवाज पनि नेपाली जनताको नै हो भन्ने कुरा । यसले सरकारको कमजोरी, लाचारिपन र अर्ध ज्ञान छचल्किएको छ । यस्ता अर्धग्यानी र असक्षम मन्त्रीहरुले नैतिकताको आधारमा राजिनामा दिनु उपयुक्त हुन्छ । र यसरी एकाएक नेपाली जनाताको ढुकढुकी बनेर उज्यालो नेपालको नायक बनेका कुलमान घिसिङलाई ३५ अर्व घाटाबाट ९ अर्व नाफामा लगेका कारन उहाको योगदानको उच्च मुल्यांकन गर्दै मुनाफाको १ ५ अर्थात ९ करोड पुरस्कार सहित अर्को कार्यकालको लागि स-सम्मान पुनः नियुक्ति गरिनु पर्छ । अब देशलाई उज्यालो नेपाल बनाएर मात्र हुदैन अब नेपालीलाई विद्युतमा आत्म निर्भर बनाउनु पर्छ । यो काम कुलमान भन्दा बाहेकको नेतृत्वमा सम्भावना छैन । जनताको भावना माथी कुठाराघात नगरियोस र सरकार समक्ष नेपाली जनताको माग यहि रहेकोछ । हामी सबैले कामना गरौ । फेरि पनि कुलमान देख्न पाईयोस ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार