जापानका प्रधानमन्त्री आबेले दिए पदबाट राजीनाम !

Facebook Debugger

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् ।

६५ वर्षीया आबेलाई अल्सरेटिभ कोलाइटिसको समस्या रहेको र उनको मनस्थिति समेत बिग्रिएकाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ ।

यता, जापानको सरकारी सञ्चारमाध्यम एनएचकेका अनुसार उनले आफ्नो सरकारको लागि समस्या निम्त्याउन नचाहेको भन्दै राजीनामा दिएको बताएको छ ।

सिन्जो आबेको कार्यकाल सन् २०२१ सेप्टेम्बरसम्म थियो । उनले सोमबार नै सबैभन्दा लामो समयसम्म जापानको प्रधानमन्त्री रहने रेकर्ड बनाइसकेका थिए ।

सन् २००७ मा पनि उनले अल्सरेटिभ कोलाइटिसकै कारण अचान आफ्नो पदबाट राजीनामा दिएका थिए ।

अल्सरेटिभ कोलाइटिस एउटा गम्भीर रोग हो जसबाट उनी किशोरावस्थादेखि नै जुधिरहेका थिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार